एमालेबाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन

81

नवलपुर । नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

शनिवार बसेको बैठकले नेता रावललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। त्यस्तै दलको उप–नेतामा सन्तोष शर्मा (छाया) चयन भएकी छन्।

नेकपा (एमाले)बाट सुदूरपश्चिम प्रदेश सभामा १० जना प्रदेश सभा सदस्य छन। १० जना प्रदेश सभा सदस्यको बैठकबाट दलको नेता र उपनेता चयन गरिएको एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए। एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा बैठक बसेर प्रदेश संसदीय दलको नेता चयन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here