काठमाडौं । नेपाली कांग्रेसले मुख्य सचेतकमा रमेश लेखकलाई नियुक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद रमेश लेखकलाई मुख्य सचेतक नियुक्त गरेका हुन्। कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले सभापति देउवाले मुख्य सचेतकमा लेखकलाई नियुक्त गरेको जानकारी दिए। उनी देउवा निकट मानिन्छन् ।
उनी गत मंसिरमा भएको चुनावमा लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।


















