इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच भेटवार्ता

52

काठमाडाैं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीबीच आइतबार भेटवार्ता भएको छ।

वार्तामा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेताहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका साथै सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन्।

‘दुवै देशका जनता र मध्य पूर्वका सबै देशहरूको हितका लागि शान्ति, स्थिरता र सुरक्षा प्रवर्द्धन गर्न विषयमा विशेष महत्त्व दिइएकाे छन्’, विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री नेतान्याहु चरम दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्वमा पदासीन भएको तीन दिनपछि यो वार्ता भएको हो।

इजरायल र इजिप्टले सन् १९७९ मा शान्ति सन्धिमा हस्ताक्षर गरेका थिए। सो सन्धी इजरायलले अरब राष्ट्रसँग हस्ताक्षर गरेको पहिलो शान्ति सन्धि थियो।

त्यसपछि दुई देश बीच सम्बन्ध सुधारको अपेक्षा गरिए पनि तुलनात्मक रूपमा सम्बन्ध सुध्रेको भने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here