काठमाडौं । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई’ मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अङ्क बटुल्न सफल भएको हो ।
समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्ने छ । आगामी बिहीबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लाग्ने छ । जारी प्रतियोगितामा मलेसियाले भने जित निकाल्न सकेको छैन ।


















