आज नेपालले विश्वकप छनोटमा युएईसँग प्रतिस्पर्धा गर्दै

32

काठमाडौं । नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति ९: ४५ बजेबाट सुरु हुने छ।

एएफसी (एसियाली फुटबल महासंघ)ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ दमाममा खेल्न लागेको हो।

समूह ‘एच’बाट युएईले शीर्ष स्थानमा रहँदै विश्वकपको तेस्रो चरणमा स्थान बनाइसकेकाे छ। यसले सीधै एएफसी एसियन कपमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ। नवौ अंक रहेको बहराइन र तीन अंक रहेको यमन भने अघिल्लो चरणमा पुग्न प्रतिस्पर्धारत छन्। जितविहीन रहेको नेपालले भने एसियन कपका लागि क्वालिफायर खेल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here