तरकारी अचाक्ली महँगियो, २० दिनमा २८९ प्रतिशत मूल्य बढ्यो

602

काठमाडौं । चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए । तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २८९ प्रतिशतले बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ । बोडी ९तने० २२७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । यस्तै गरेर बजारका सबैजसो तरकारीमा मूल्य अचाक्ली महँगो भएको छ ।

जथाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरुले अनुगमनमा चासो नदिएको राजु चौधरीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here