सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा

54

काठमाडौं । मंगलबार सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ। यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २६ सय रुपैयाँ पुगेको छ।

यो मूल्य गत आठ महिनाकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला नौ सय रुपैयाँ बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि बढेको व्यवसायीहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here