विश्वविजेता लियाेनल मेसी फुटबल क्षेत्रमा फर्किए

116

काठमाडौं । विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी क्लब फुटबलमा फर्किएका छन्।

गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार फ्रान्सको राजधानी पेरिस फर्किएका हुन्। मेसी बुधबार फ्रान्स फर्किएको इटालियन पत्रकार फाब्रिजिओ रोमानोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन्। मेसीको टोली अर्जेन्टिनाले संयोगवश उनी व्यवसायिक फुटबल खेलिरहेको देश फ्रान्सलाई नै हराएर विश्वकपको उपाधि जितेको छ।

लामो प्रतिक्षापछि अर्थात ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनामा भव्य खुसीयाली मनाइएको थियो। विश्वविजेता टोली कतार फर्किएको मध्यरातमात्रै ४० लाख मानिस स्वागतका लागि सडकमा उत्रिएका थिए। मेसीले पनि खुलेर खुसियाली मनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here