सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

57

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान भएको छ।

मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई प्रदेश प्रमुखले समय दिएका हुन्।

पुस २७ गतेसम्म दलहरूलाई समय दिइएको छ।

कुनै एक दलको मात्र प्रदेश सभामा बहुमत नदेखिएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न समय दिइएको हो।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्म दाबी पेश गरिसक्न दलहरूलाई समय दिइएको बताए।

यस्ताे रहेकाे छ विज्ञप्ति:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here