छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम

35

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

तोलामा ३०० रुपैयाँले बढेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ४१० रुपैयाँ पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here