एजेन्सी – विश्व अहिले कोरोना भाइरसको महामारीका कारण तहसनहस बनेको छ । यसैबीच अमेरिक अन्तरिक्ष नासाले २९ अप्रिलमा एक उल्कापिण्ड पृथ्वीको अत्याधिक नजिकमा आउने जनाएको छ ।
पृथ्वीको नजिक आउने क्रममा उल्कापिण्ड १९ हजार किलोमिटर प्रतिघण्टाको दरले आउने जनाएका छन् । नासाका अनुसार यो पृथ्वीमा असर गर्नका लागि पर्याप्त रहेको जनाएकाे छ ।
वैज्ञानिकका अनुसार यो उल्कापिण्ड एउटा विशाल पहाड जत्रो रहेको छ भने मास्क लगाएको जस्तो देखिएको छ ।
नासाको सेन्टर फर नियर अर्थ स्टडीजका अनुसार बुधवार, २९ अप्रिलको विहान नेपाली समयानुसार ६ः१९ बजे ईस्टन टाइममा उल्कापिण्ड पृथ्वीको नजिक भएर जानेछ ।

















