स्वास्थ्य फोकल शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

81
कृष्णनगर ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भरिका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा सम्पन्न भएको छ l
अभिमुखीकरण कार्यक्रममा नगर भित्रका शिक्षकहरु लाई विद्यालयका बाल बालिकामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्या बाट सचेत रहन उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईले जनाए l
कार्यक्रममा शिक्षकहरुबीच आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी के कस्ता समस्या हुन सक्ने विषयवस्तु मा छलफलका गरिएको थियोl शिक्षक समाजको अगुवा भएकाले आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्या हरूको समयमा समाधान गर्न महत्वपूर्ण भूमिका रहने शिक्षा शाखा प्रमुख बलराम पन्थीले जनाए l
कार्यक्रममा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी रोग तथा समस्याहरू तथा त्यसको समाधानका उपायका बारेमा जन स्वास्थ्य अधिकृत नन्द गोपाल बढ्ईले सहजीकरण गरेका थिए । कार्यक्रममा तीस जना सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू को सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here