झडपमा ज्यान गुमाएका बाजुराका २ जनाको परिवारलाई आर्थिक प्रदान गरिने

38

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा भएको झडपमा ज्यान गुमाएका बाजुराका २ जनाको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठले बाजुराका चेतन ऐडी र सञ्जीव ऐडीको परिवारलाई आर्थिक सहयोग दिने निर्णय गरेको हो।

मंसिर ४ को निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका–७ मा झडप हुँदा स्थानीय सञ्जिव ऐडीको मृत्यु भएको थियो। यस्तै, विद्यार्थी नेता चेतन ऐडीलाई एक समूहले घरमै गएर कुटपिट गरि हत्या गरेको थियो।

चेतनको हत्या घटनामा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here