सेयर काराेबारमा गिरावट

10

काठमाडौं । एक महिनापछि शेयर बजार परिसूचक फेरि २६५० भन्दा तल ओर्लिएको छ । मंगलबार २०‍.७५ अङ्कको गिरावटसँगै बजार सो विन्दुभन्दा तल झरेको हो । अन्तिम कारोबार हुँदा बजार २६४२‍.१५ बिन्दुमा झरेको छ । आजको गिरावट ०.७७ प्रतिशत हो ।

मंगलबार दिनभरिमा ३५४ कम्पनीका २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँमा खरिदबिक्री भए, जुन सामान्य अङ्क हो । आजको बजारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । कुल २१४ कम्पनीको मूल्य घट्दा ४२ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंक रहेको छ । जसको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिलको मूल्य ९.६४ प्रतिशतले बढेको छ । Shivam Cement सबैभन्दा बढी कारोबार हुनेमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो ।

यस कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । Nabil bank समूहगत रूपमा आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् । फाइनान्समा सबैभन्दा धेरै २.११ प्रतिशतको गिरावट देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here