पशुपति शमशेर जबराले बोलाए सर्वदलीय बैठक

87

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा जारी छ। प्रतिनिधि सभाको पहिलो बैठकका अजेन्डा तय गर्न सर्वदलीय बैठक बसेको हो।

संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ। बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र प्रतिनिधिहरू सहभागी छन्। बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ। बैठकले सभामुख चयन, विश्वासको मत लिने सरकारको तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here