विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी

33

काठमाडौं  ।   चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु भएको छ।  लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी मोट्रेक्सबीच योजना कार्यान्वयन सम्झौता अन्तिम चरणमा पुगेको जनाइएको छ। करिब एक महिनाभित्र सम्झौता हुने तयारी भइरहेको बोर्ड स्रोतले बतायो।

तर, बोर्ड सहप्रवक्ता रमेश अधिकारीले कम्पनी र बोर्डबीच योजना कार्यान्वयन सम्झौता वार्ताकै चरणमा रहेकाले अहिले भन्न नसक्ने बताए।

२०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो। तर, कोभिडलगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन। कम्पनीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सेक्टर ए मा १० अर्ब ५४ करोड लगानीमा नेपालमा कम्पनी सुरुवात गर्नेछ। यो प्रत्यक्ष वैदेशिक लगानी हुनेछ। कम्पनीले १० वर्षमा ५० हजार युनिट र पाँच वर्षमा २० हजार युनिट यात्रुवाहक तथा व्यावसायिक गाडी उत्पादन गर्ने लक्ष्य लिएको छ। कम्पनीले नेपालमा नै पहिलोपटक विद्युतीय गाडीको पनि पाटपुर्जा एसेम्बल गर्ने पनि जनाएको छ।

योजना कार्यान्वयन सम्झौता भए करिब तीन वर्षपछि कम्पनीले उत्पादन सुरु गर्नु पर्नेछ। मोट्रेक्सले किया र हुन्डाई गाडीका पाटपुर्जा विश्वभर बिक्री वितरण गर्दै आइरहेको छ।

बोर्डको ५१औं बैठकले भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोटे«क्स कम्पनीसँग वार्ता प्रििक्रया सुरु गर्ने निर्णय गरेको थियो। मोटे«क्स कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here