सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित

75

काठमाडौं ।  सत्ता साझेदार दलहरूले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बसेको वैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले  जनाए । ‘कार्यदलको मस्यौदा तयार पारेको छ। भोली (शनिबार) शीर्षस्थ नेताहरूमा पेश गरिने छ,’ उनले भने, ‘ शीर्ष तहबाट आउने सुझावपछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गरिन्छ।’

न्यूनतम साझा कार्यक्रम शुसासन र विकासका कुरामा केन्द्रित रहेको उनको दाबी थियो। कार्यक्रममा प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरिएको र जनतामा सेवा डेलिभरीको कुरालाई प्राथमिकता दिइएको उनले दाबी गरे।

पहिलो चरणमा निर्देशन दिने काम भएकाले अब अनुगमन गर्ने र जनताले अनुभुत गर्नेगरी काम गर्ने विषय साझा कार्यक्रममा समेटिएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here