काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको जनाएको छ ।
महाशाखाका अनुसार यो क्रम अझै केही दिन जारी रहनेछ । नेपालको मध्य तथा पश्चिम तराईका अधिकांश भू–भागमा अझै केही दिन शीतलहर चल्ने महाशाखाको भनाइ छ । गत सातादेखि लगातार तराईमा शीतलहर चल्दै आएको छ ।
तराई भेगमा बाक्लो हुस्सु र कुहिरोले ढाक्नुका साथै घाम नलाग्ने भएका कारण चिसो अत्याधिक बढेको विभागका मौसमविद् बरुण पौडेलले जानकारी दिए । यस्तै हिमालमा हिमपात र पहाडमा हुस्सु तथा कुहिरो लाग्ने क्रम सुरु भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको पौडेलले बताए । सरकारले तराईबासीलाई शीतलहरबाट सुरक्षित रहन अपिल गरेको छ ।


















