रास्वपाका सभापति रवि लामिछाने पक्राउ

15

काठमाडौं  ।  सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्। उनी पार्टी केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ परेका हुन्।

प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लगेको छ । गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अपचलन गर्ने कार्यमा जीबी राईसँग मिलेमतो गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले शुक्रबार  पक्राउ पुर्जी लिएको थियो। लामिछानेलाई  सडकमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here