काठमाडौं । सप्तरी, खडक नगरपालिका-११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोकिएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौली बस्ने २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका-१० बस्ने २२ वर्षीय रामा कान्त चौधरी रहेका छन् । दुर्घटनामा घाइते भएका एक जनाको गजेन्द्र नारायण सिंह अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रे, धुलिखेल नगरपालिका-६ हस्पिटल चोकस्थित सडकमा बा.८० प ९०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ बस्ने २० वर्षीय राज कुमार बाँनियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















