नयाँ दल र अनुहारको प्रवेश लोकतन्त्र र नागारिक सम्प्रभूताको जीत : प्रम प्रचण्ड

55

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा देखिएका नयाँ दल र अनुहार संसदको नयाँ पुँजी भएको बताएका छन् ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ दल र अनुहार थपिनु संसद र लोकतन्त्रको जीत भएको टिप्पणी गरे ।

जनताको हामीमाथि सशर्त जिम्मेवारी छ । निशर्त छैन । सुशासन दिन सक्छौं, जनताको जीवनलाई सार्थक बनाउन सक्छौं कि सक्दैनौं ? हामीमाथि असाधारण अपेक्षा छन्, बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं,’ प्रचण्डले भने, ‘संसदमा नयाँ दल र अनुहार थपिनुभएको छ । नयाँ दल र अनुहारको प्रवेश लोकतन्त्र र नागारिक सम्प्रभूताको जीत हो । केही नयाँ गर्ने हुटहुटी हुनु यो संसदको पुँजी हो ।’ केही हुँदैन भन्ने हीन भावना भएको अवस्थामा नयाँको प्रवेशले उत्साह जगाएको पनि उनले बताए । ‘केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा आशा र उत्साह जगाउने काम भएको छ,’ प्रचण्डले भने, ‘अब हामी सबै मिलेर आर्थिक अभियानमा केन्द्रित हुनुपर्छ ।’

नयाँ संसदसँग राष्ट्र र जनताका असाधारण अपेक्षा रहेका पनि प्रचण्डले बताए । प्रचण्डले संसदमा सहभागी सबै सांसदलाई बधाई र शुभकामना पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here