काठमाडौं, पौष २६ । एक १२ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्रबहादुर राई रहेका छन् ।
राईले ती नाबालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


















