राष्ट्रनिर्मातालाई सम्मान गररेर जाँदा कसैले पनि हीनताबोध गर्न नपर्ने

28

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रनिर्मातालाई सम्मान गररेर जाँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफलमा भाग लिँदै लिङ्देनले पृथ्वीनारायण शाहले नेपालको नाम र पहिचान दिने काम गरेकाले उनलाई सम्मान गर्न हीनताबोध गर्नु नपर्ने बताएका हुन्।

‘हामीले हाम्रो इतिहासको गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा पछाडि फर्केको हुँदैन’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र हुँदैन, कुनै विचारको मात्र दिवस होइन, हामी सबैको हो।’ उनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिए। पृथ्वी जयन्तीको अवसरमा बुधबार राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको भन्दै उनले सबै सांसदलाई चियापानमा आउन चुले निम्तो पनि दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here