स्ववियु निर्वाचनको तयारी अघि बढाउन निर्देशन 

178

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी अघि बढाउन त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएको छ।

बिहीबार त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले स्ववियु निर्वाचनको तयारी अघि बढाउन भनेको हो।

महाशाले प्रेस विज्ञप्ति जारी गर्दै पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को निर्णय नम्बर १७६५ बमोजिम त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियुको निर्वाचन गर्न, गराउनका लागि सूचित गरेको हो।

त्रिवि कार्यकारी परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरिसकेको छ। त्रिवि अन्तर्गत देशभर ६२ वटा आंगिक क्याम्पस रहेका छन् भने सामुदायिक र निजी गरी १ हजार ४० वटा क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन्।

TU_Notice1673521274.png

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here