नेपाल पेरिस ओलम्पिक छनौटको पोट दुईमा

65

काठमाडौं । पेरिस ओलम्पिक सन् २०२४ का लागि एशियाली महिला फुटबल टोली छनौटको पहिलो चरणको पोट सर्वाजनिक भएको छ ।

एशियाली फुटबल फुटबल महासंघ (एएफसी) ले मंगलबार पोट सार्वजनिक गरेको हो । यही जनवरी १२ मा हुने छनौट प्रतियोगिताको ड्रका लागि एएफसीले सार्वजनिक गरेको पोट अनुसार नेपाल पोट दुईमा परेको छ ।

ओलम्पिक छनौटको पहिलो चरणमा २६ राष्ट्रको सहभागिता रहने छ । पहिलो चरणको छनौटमा सहभागि राष्ट्रलाई पाँच समूहमा चार तथा दुई समूहमा तीन टोली रहने गरि सात समूहमा विभाजन गरिएको एएफसीले जनाएको छ ।

पहिलो चारणको छनौटबाट प्रत्येक समूहका विजेता राष्ट्रले दोश्रो चरणको छनौटका लागि आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

पहिलो चरणबाट छानिएका राष्ट्रिले दोस्रो चरणमा उत्तर कोरिया, जापान,अस्ट्रेलिया, चीन र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछन् । दोश्रो चरणको छनौटमा भाग लिने १२ राष्ट्रलाई तीन समूहमा विभाजन गरिने छ । दोश्रो चरणको छनौटबाट प्रत्येक समूहको विजेता र उपविजेताले तेश्रो चरणमा स्थान बनाउने छन् ।

त्यसपछि तेश्रो चरणमा चार टोलीले होम एन्ड अबेका आधारमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् ।  यसअघि नेपालको महिला टोली ओलम्पिक छौनको दोश्रो चरणसम्म पुगको थियो ।

पेरिस ओलम्पिक २०२४ को महिला फुटबलको एशियाली छनोटको पहिलो चरणका लागि सार्वजनिक पोट

पोट १ (६–१२ वरीयतामा रहेका टोली) : भियतनाम,चाइनिज ताइपेई,थाइल्यान्ड,म्यानमार,उज्वेकिस्तान,फिलिपिन्स,भारत

पोट २ (१३–१९) : नेपाल, इरान,जोर्डन,हङकङ,इन्डोनेसिया,किर्गिस्तान,मंगोलिया

पोट ३ (२०–२६) : प्यालेस्टाइन,सिंगापुर,तुर्किमेनिस्तान,बंगलादेश,लेबनान,ताजकिस्तान,टिमोर लेस्टे

पोट ४ (२७ देखि ३० वरीयता तथा एक वरीयतामा नपरेको टोली) : श्रीलंका,माल्दिभ्स,पाकिस्तान,भुटान,अफगानिस्तान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here