प्रदेशसभा बैठक स्थगित

49

काठमाडौं– मधेस प्रदेशको सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए। उनले देश शोकमा रहेकाले प्रदेश सभाको बैठक स्थगित गर्नुपरेको बताए।

सोमबार प्रदेशसभाको सभामुखको निर्वाचनका लागि समय निर्धारण गरिएको थियो। अब मंगलबार मात्रै प्रदेशसभा बैठक बस्ने प्रदेशसभाका जेष्ठ सदस्य न्यौपानेले जानकारी दिए।

मंगलबारको बैठकमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दिउँसो १ बजे विश्वासको मत लिने समेत निर्धारण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here