वीरमा चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने

77

काठमाडौं। वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ। वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल र बोर्डका निर्देशक राजन पौडेलले उक्त सम्झौतापत्रमा हप्ताक्षर गर्नुभयो। बोर्डसँगको सम्झौताअनुसार अस्पतालले नियमित रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउनेछ। अस्पतालका निर्देशक डा. पौडेलले हप्ताको दुई दिन शनिबार र आइतबार एमबीबीएस चिकित्सकको रेफरका आधारमा विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिन सेवा दिने बताउनुभयो।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौला, मुटुसम्बन्धी रोग बढ्दो छ। डा. पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा दिनका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटिनेछन्। टेलिमेडिसिनका क्रममा हप्तामा दुई दिन शनिबार र आइतबार विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिन सेवा उपलब्ध हुनेछ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रहँदा वीर अस्पतालमा कोभिडका बिरामीलाई सेवा दिने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा टेलिमेडिसिन सेवा सञ्चालमा रहेको थियो। कोभिड–१९ महामारी कम भएपछि टेलिमेडिसिन सेवा प्रभावित भएको थियो। डा. पौडेलले वीर अस्पतालले टेलिमेडिसिन सेवा उपलब्ध गराएबापत बोर्डले वैदेशिक रोजगार कोषमार्फत एक जना मेडिकल अधिकृत र हेल्थ असिस्टेन्टका लागि तलब वीर अस्पताललाई उपलब्ध गराउनेछ। त्यसबाहेक बिरामी हेर्ने विशेषज्ञ चिकित्सकलाई भत्ता पनि उपलब्ध गराउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here