आकाशबाट करिब १० किलोको  एउटा ढुंगा खसेपछि हेर्नेहरूको भीड

212

काठमाडौं /  ‘असामान्य’ लाग्ने आकाशबाट करिब १० किलोको  एउटा ढुंगा खसेको सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा स्थानीयबासीले जनाएका छन्। त्यस क्षेत्रमा ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ।

मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन्। सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले जनाएका छन्। ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले जनाएका छन्।

हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको जनाए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो।

खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए। धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए। ढुंगा ५ फिट माटोमा भासिएको थियो। घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए।

अहिले सो ढुंगालाई प्रहरीले राखेको छ। मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए।

आकाशबाट चुम्बकीय शक्ति भएको ढुंगा जमिनमा खस्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here