दाङ। सल्यानमा आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूली दिदीको छोरा रिजन घर्तीलाई घरको कुलदेउताको थानमा लगेर हत्या गरेको वडा अध्यक्ष मोतीलाल घर्तीले जानकारी दिए ।
मृतक भान्जा र मामाको घर नजिकै पर्छ । आरोपीले झारफुकको समेत काम गर्ने गर्दै आएका थिए । मृतक बालककी आमा घटना लगत्तै बेहोस भएपनि यो समाचार तयार पार्दासम्म होसमा नआएको वडाध्यक्ष घर्तीले बताए । आरोपीलाई २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए । आजको राजधानी दैनिकबाट

















