प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुंगिने बताएका छन् ।
रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरु तयार देखिएका थिए । तर सरकारमा सहभागी हुने दलहरु बढेपछि एक राज्यमन्त्री घटेको छ ।


















