प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी नेमकिपा

52

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको बताए । उनले अघि भने, कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा हो ।’

संघीय कानुन बमोजिम विपक्षी दल तोकेर मात्र संसद चलाउनुपर्ने उनको माग छ । सत्ता पक्षसँग पदको साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी बन्न नसक्ने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिम शैलीको संसदीय व्यवस्था समाप्त भयो, पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न जरुरी छ ।’

चीनमा चिनियाँ कम्युनिस्ट पार्टी बाहेक ८ वटा दल रहेको र उनीहरुलाई सरकारका सहयोगी दल भन्ने गरिएको भन्दै उनले नेपालमा पनि यस्तै राजनीतिक प्रणाली ल्याउन खोजिएको हो भनेर प्रश्न गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here