एजेन्सी । विश्व फुटबलका दुई स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी आएसँगै आफ्नो पहिलो खेलमा अर्का विश्वविजेता स्टार लिओनेल मेसीसँग प्रतिस्पर्धा गर्दैछन्।
बिहीबार राति हुने खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अल स्टार ११ को सामना गर्ने छ। साउदी अल स्टारको कप्तान रोनाल्डोले गर्दै छन्।
यी दुई स्टारबीच पछिल्लो पटक सन् २०२० को डिसेम्बरमा प्रतिस्पर्धा भएको थियो। रोनाल्डो युभेन्टसमा रहँदा बार्सिलोना र युभेन्ट्सबीच च्याम्पियन्स लिगमा भिडन्त भएको थियो। तर अहिले दुवै स्टारले आफ्ना पूर्व क्लबहरू छाडिसकेका छन्।
मेसी अहिले फ्रेन्च क्लब पिएसजीमा रहँदा रोनाल्डो कीर्तिमानी मूल्यमा केही समय अघिमात्रै साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन्।


















