लघुचलचित्र ‘उच्च शिक्षा’ कीर्तिपुर सिनेप्लेक्समा विशेष प्रिमियर शो हुने

105

कीर्तिपुर । लघुचलचित्र ‘उच्च शिक्षा’ आउँदो माघ ११ गते बुधबार कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा विशेष प्रिमियर शो हुने  माघ ७ गते शनिबार पत्रकार मार्फत जानकारी गराएको छ ।

कीर्तिपुरको जोशीननी हेरिटेज होम्स एण्ड नेवाः रेष्टुरेन्टमा मगन इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित नयाँ लघुचलचित्र ‘उच्च शिक्षा’को विषयमा  पत्रकार मार्फत जानकारी गराएको हो ।

नेपाली युवाहरूको श्रम गर्न विदेश पलायनबाट अहिले देशले भोगि रहनु परेको पारिवारिक तथा सामाजलाई पारेको नकारात्मक प्रभावलाई सामयिक विषय बस्तुलाइ आधार मानेर यर्थाथ रूपमा चित्रण गरिएको लघुचलचित्र ‘उच्च शिक्षा’का लेखक तथा निर्देशक रजिन महर्जनले गरेका हुन भने चलचित्रका मुख्य कलाकारहरु लक्ष्मीकुमार महर्जन उदास, नव प्रतिभा युवा कलाकार क्रिशल श्रेष्ठ र सुदीप भजु रहेका छन् । साथै लेखक निर्देशक रजिन महर्जनद्वारा संगीतबद्ध एवं स्वरबद्ध तथा ईश्वर दाहाल रचित र सुरेन्द्र श्रेष्ठद्वारा संगीत संयोजन गरिएको लघुचलचित्र ‘उच्च शिक्षा’को प्रोमोशनल गीतको भिडियो ‘आफै जान्ने।।।’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।

लघुचलचित्र ‘उच्च शिक्षा’की निर्मात्री जमुना महर्जनले उक्त चलचित्र निमार्णमा सहयोग गर्ने कलाकार, प्राविधिक एवं सहयोगीहरुलाई टोकन अफ एप्रिसिएसन हस्तान्तरण गरेको   उक्त पत्रकार सम्मेलनमा सञ्चारकर्मी ललेन्द्र शाक्यले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here