तुलसीपुर / सम्राट ईगलिश सेकेन्डरि स्कुल तुलसीपुर ३ दमारगाउँको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रक्षा काफ्ले खडकाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का अध्यक्ष बिर बहादुर बिकको प्रमुख आतित्थ्यता एव एन प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकि र रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको विशिष्ट आतित्थ्यतामा भएको वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्ने वक्ताहरुले निजी विद्यालयले गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी खेलेको भुमिकाको प्रंशसा गरेका थिए ।
वार्षिकोत्सव अवसरमा बोल्दै प्रमुख अतिथि बिकले द्धन्द्धकालमा समेत विद्यालय खोलेर बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा दिएको भन्दै संस्थापकहरुलाई धन्यबाद दिनुभयो ।
उहाँले अवका बालकालिकाहरुलाई पठन पाठन संगै अनुशासन र सस्कार सिकाउन आवश्यक रहेको जनाउनु भयो ।बिकले सम्राट स्कुलले ग्रामिण क्षेत्रमा विद्यालय स्थापना गरेर गुणस्तरिय शिक्षा प्रदान गरेको भन्दै अव विद्यालयलाई प्राविधिक बिद्यालय बनाउने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
विद्यालयमा गुणस्तरिय शिक्षा र प्राविधिक शिक्षालय बनाउनुका लागी वडाको तर्फबाट आफुले सहयोग पु¥याउने जनाउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै एन प्याव्सन दाङका अध्यक्ष बुढाथोकिले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा खेलेको भुमिका प्रशंसंनिय रहेको बताउनु भयो । तर पनी राज्यले बिभिन्न बहानामा निजी विद्यालयहरुलाई अवमुल्यन गर्ने गरेको जनाउनु भयो ।
सो अवसरमा बिद्यालयका संस्थापक अध्यक्ष टोप बहादुर केसी , नेकपाका नेता लिलाधर खरेल , नेपाली काग्रेसका ईकाई सभापति मोहन गुरुङ , बिद्यालयका पुर्व अध्यक्ष होतालाल कडेल , बालाराम केसी , समाजसेवि कमल जंग गुरुङ , विद्यार्थिद्धय बिमल सुवेदि , पु्ष्पा वलि लगाएतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिमल गौतमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा गत शैक्षिक सत्र २०७४ सालमा प्रथम ,द्धितिय र तृतिय हुने विद्यार्थि र वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका बिभिन्न खेलकुद प्रतियोगिताका बिजयी खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका भाईस प्रिन्सिपल खिम प्रसाद भट्टराईले गर्नु भएको थियो ।


















