काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्।
श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन्। श्रेष्ठ प्रधानमन्त्री प्रचण्डको अघिल्लो कार्यकालमा पनि योजना आयोगको उपाध्यक्ष रहेका थिए।
उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन्।















