काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ प्रकरणमा प्रहरीले २ जना क्रिकेटरलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान अन्तर्गत २ जना क्रिकेटरलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नियन्त्रणमा लिएको हो। आदिललाई सप्तरीबाट नियन्त्रणमा लिइएको हो। यस्तै, मेहबुबलाई मोरङ, विराटनगरबाट नियन्त्रणमा लिइएको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।


















