मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा प्रम प्रचण्ड र ओलीबीच भेट

67

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटन् बालुवाटार पुगेका छन्।

दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेट भएको हो।

सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन्। भागबण्डामा सकस हुँदा अधिकांश प्रदेश प्रमुखहरु काठमाडौंमा भेला भएका छन्। उनीहरुले शीर्ष नेतृत्वलाई भेट गरिरहेका छन्। र केन्द्रको निर्देशन पर्खिरहेका छन्।

आजको भेटमा राष्ट्रपतिको निर्वाचनका बारेमा पनि दुई नेताबीच छलफल हुने बुझिएको छ। राष्ट्रपतिको निर्वाचन माघ २८ भित्र गरिसक्नु पर्ने भएपनि निर्वाचन आयोगले अहिलेसम्म मिति तोकेको छैन।

कांग्रेसले राष्ट्रपतिको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here