जुम्ला । जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवार देखी आएको लगातारको हिमपातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानै देखी हिउँ रोकिएको छ ।
नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मङ्गलवार र बुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उहाँका अनुसार आज भने मौसम राम्रो भए पनि धावन मार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन ।
आज मौसम राम्रो भएकाले नेपालगन्ज देखी जहाज आउन तयारी अवस्थामा छन् तर धाम मार्ग खुलाईर्दै गरिएको नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापाले जानकारी दिनुभयो ।
धावन मार्गमा हिउँ जमेपछि बिहानै देखी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ ।
तिन दिन देखी हिउँ परेर नेपालगन्जमा जुम्ला आउने यात्रुहरू अलपत्र अवस्थामा छन् । नेत्र शाही गाेरखापत्र

















