छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

50

काठमाडौं । कञ्चनपुर, पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बेलौरी नगरपालिका-५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ । सोमबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक अस्पताल हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, लालबन्दी नगरपालिका-१७ रानिगञ्ज डाँडाटोलमा प्रदेश २-०३-००१ च ३१२९ नम्बरको बोलेरोले प्र.२-०२-००२ प ९२५३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here