यस्ता देखिन्छ कुष्ठरोगका लक्ष्णहरू

99

काठमाडौं । कुष्ठरोग मानिसबाट मानिसमा सर्छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्षम किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुन्छ र अपांगता नहुने चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत्त राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार कुष्ठरोगको चिन्ह तथा लक्षण निम्नाअनुसार हुन्छन् :

–शरीरमा छुँदा थाहा नपाउने रातो वा फुस्रो रङ्गको दाग देखिनु
–अनुहार वा शरीरको अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खाहरु देखापर्नु
–अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो हुनु
–नशा सुन्निनु, दुख्नु तथा झमझम गर्नु
–आँखा चिम्लिँदा पुरै बन्द नहुनु
–आँखीभौं झुर्न वा पातलो हुनु
–हत्केलाको मांसपेशी सुकेर जानु
–हातगोडाका औलाहरु बाङ्गो हुनु र कमजोर हुँदै जानु
–हातगोडा पोल्नु, निदाएकोजस्तो हुनु वा झमझम गरिरहनु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here