शुभम पावर लिमिटेडकाे सेयर भर्ने अन्तिम दिन

66

 

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ २२ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको शेयर थप गरि सर्वसाधारणमा निष्काशन गरेको हो।

सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकारको उर्जा मन्त्रालयबाट २०६४ चैत २१ गते विद्युत उत्पादनको अनुमति पाएको थियो। कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन शुरु गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here