नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे

2

काठमाडौं । आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ३६० रुपैयाँमा सीमित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here