सांसद शारदा शङ्करप्रसाद कलवार जसपा प्रवेश

109

बरा। मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद शारदा शङ्करप्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गर्नुभएको छ।

बारा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गर्नुभएको हो। उहाँले नेकपा (एमाले)का उम्मेदवार बलवीर चौधरी र माओवादीका उम्मेदवार मोतीलाल कुश्वाहालाई पराजित गर्नुभएको थियो।

जसपा नेपालबाट बागी उम्मेदवार बनेका कलवार आइतबार आफ्नै पार्टीमा फर्किनुभएको हो। मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो।

यससँगै मधेश प्रदेशमा जसपाको सांसद सङ्ख्या १९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here