रास्वपाका सरकारबाट बाहिरिने

148

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछानेले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको सभापति लामिछानेले बताउनुभएको छ । पार्टीका मन्त्रीले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने सभापति लामिछानेले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here