पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

62

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक भएको छ ।  एनएसजेफले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेको हो ।

यश वर्षको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा क्रिकेटका आसिफ शख, टेनिसकि अभिलाषा विस्ट, फुटबलका अन्जन विस्ट, पौडीकि डुवाना लामा र भलिबलकि उषा भण्डारी परेकी छन् ।  मनोनयनमा पर्नेहरुको मतभार ई–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने), राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलव ५ प्रतिशत रहेको छ ।
आसिफ शेख (क्रिकेट)

–ट्वान्टी(ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु खेलमै अविजित अर्धशतक । नेदरल्यान्ड्सविरुद्ध ओपनर कुशल भुर्तेलसँग ११६ रनको साझेदारी । यो नेपालको उच्च ओपनिङमा उच्च साझेदारी ।

–एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको तेस्रो उच्च रनकर्ता । २३ खेलमा ५ अर्धशतक, ६५५ रन  ( ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको पाँचौं उच्च रनकर्ता (२) खेलमा २ अर्धशतकसहित ४६८ रन ।

–एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो र दोस्रो विकेटको लागि उच्च साझेदारी पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११४ रनको ।

-२०२२ मा ओमान विरुद्ध ०, दोश्रो विकेटको लागि ज्ञानेन्द्र मल्लसँग १२२ रनको । २०२२ मा युएई विरुद्ध

–केन्याविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक (११० रन, २०२२ सेप्टेम्बर) प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा शतक (कर्णाली प्रदेशविरुद्ध १३) रन ।
-आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको शीर्ष १०० स्थानभित्र पर्न सफल

-युएईविरुद्ध घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको निर्णायक तेस्रो खेलमा अविजित ८८ रन बनाउँदै प्लेयर अफ द म्याच

-स्कटल्यान्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय जितमा ७१ रन बनाउदै प्लेयर अफ द म्याच (२०२२ जुलाई )

–केन्या भ्रमणअन्तर्गत तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा प्लेयर अफ द सिरिज घोषित ।

–सन् २०२३ मा आईसीसीको स्पिरिट अफ क्रिकेट अवार्ड जित्न सफल । यो अवार्ड पाउने पहिलो नेपाली खेलाडी

–२०२१ मा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय जित, २०२२ मा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज, २०२१ मा नेदरल्यान्डस र मलेसियाविरुद्ध ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज, २०२२ मा मलेसिया र पपुवा न्यु गिनीविरुद्ध टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जित, २०२२ मा केन्याविरुद्ध टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जित पाउँदाका सदस्य ।

उषा भण्डारी (भलिबल) 

नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य – नेपालमा आयोजना भएको १३ औ दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिवल टोलीले रजत जित्दा सदस्य ।

उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले बंगलादेशविरुद्ध खेलेर डेब्यु गरिन् – नेपाल सन् २०१९ मा बंगलादेशमा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियन टिम बन्दाकी सदस्य जतिबेला उनी १४ वर्षको उमेरमा थिइन् ।

– नेपालले २०२१ को डिसेम्बरमा दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य |

– घरेलु प्रतियोगिताहरू नेपाल पुलिस क्लबबाट खेल्ने – माल्दिभ्समा फाल्कोन क्लबबाट सन् २०२२ मा व्यावसायिक प्रतिस्पर्धा एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित ।

अभिलाषा विष्ट (टेनिस) नेपालकी नम्बर एक महिला टेनिस खेलाडी आईटीएफ अन्तर्गतका प्रतियोगितामा व्यावसायिक टेनिस खेलिरहेकी प्रोफेसनल टेनिस खेल्ने नेपालकी एकमात्र महिला खेलाडी ।

– त्रिभुवन आर्मी क्लबबाट खेल्दै नवौं राष्ट्रिय खेलकुदमा चारै स्वर्ण पदकमा क्लिनस्विप गर्दै कीर्तिमान महिला टिम इभेन्ट, महिला एकल महिला डबल्स र मिक्स डबल्समा स्वर्ण पदक ।

– वीर गणेशमान सिंह राष्ट्रिय ओपन टेनिसअन्तर्गत महिला एकलमा स्वर्ण

– १९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय ओपन टेनिसको महिला एकलमा स्वर्ण पाकिस्तानमा भएको आईटीएफ वर्ल्ड यार्डाकड प्रतियोगितामा महिला एकलमा रजत महिला डबल्समा स्वर्ण आईटिएफ विश्व या किड प्रतियोतगा पाेखरामा महिला डबल्समा स्वर्ण पदक

अञ्जन विष्ट (फुटबल)

– बंगलादेशविरुद्धको मैत्रीपुर्ण फुटबल खेलमा ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने छैटौं नेपाली खेलाडी

-राष्ट्रिय टोलीबाट ११ गोल गर्न सफल खेलाडी सर्वाधिक गोलकर्ताको दौडमा तेस्रो स्थानमा रहन सफल । उनीभन्दा अगाडि नीराजन रायमाझी र हरि खड्का मात्र अगाडि ।

सहिद स्मारक ए डिभिजन लिगमा – पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा निर्णायक गोल । उनको गोलबाट १४ वर्षपछि पाकिस्तानलाई हराउन सफल

– विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह ‘बी’ मा चाइनिज ताइपेइविरुद्ध गोल १३ औं साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बंगलादेशविरुद्ध गोल ।

– भारतको फुटबल लिगमा मुम्बई केन्के एएफसीबाट व्यावसायिक फुटबल खेलेका ।

– मनाङ मस्याङ्दीका पूर्वकप्तान – हाल चर्च ब्वाइज युनाइटेडसँग आबद्ध |

डुवाना लामा (पौडी)

– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ९ स्वर्ण, १ रजत पदक , १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा २ रजत र ३ कांस्य पदक, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ स्वर्ण र ५ रजत पदक

– २०६४ सालदेखि निरन्तर पौडीमा सक्रिय सहभागिता

– फिना विश्व च्याम्पियनसिप २०१८, चीन – हङकङ ओपन स्विमिङ च्याम्पियनसिप २०१८

– १९औं फिना विश्व च्याम्पियनसिप बुडापेस्ट २०२२

– सिंगापुर नेसन्स च्याम्पियनसिप,

– एसियन एज ग्रुप च्याम्पियनसिप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here