भूकम्पमा अहिलेसम्म नेपाली नपरेको खुलासा

60
IZMIR, TURKEY - OCTOBER 30: A view of a quake damaged site after a magnitude 6.6 quake shook Turkey's Aegean Sea coast, in Izmir, Turkey on October 30, 2020. (Photo by Mehmet Emin Menguarslan/Anadolu Agency via Getty Images)

काठमाडौं । टर्कीमा सोमबार गएको विनासकारी भूकम्पमा अहिलेसम्म नेपाली नपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी गराएको छ । टर्कीको दक्षिणी भागको सिरियन सीमा नजिक ७.८ म्याग्नेच्युडको भूकम्प गएको हो । टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगात क्षेत्रमा २ हजारदेखि २५ सयको संख्यामा नेपालीको बसोबास रहेको एनआरएनएले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु सिरियन बोर्डन नजिकै रहेको गाजिएन्तेपमा थोरै मात्र नेपाली रहेको समेत संघले जनाएको छ । ती मध्ये केही नेपाली सम्पर्कमा समेत आइसकेका छन् । सम्पर्कमा आएका नेपालीले अहिलेसम्म कुनै पनि नेपाली भूकम्पमा नपरेको र सबै जना सुरक्षित रहेको जानकारी गराएका थिए । थप विवरण भने संकलन भइरहेको एनआरएनएले उल्लेख गरेको छ । टर्कीमा कुनै नेपाली भूकम्पका कारण समस्यामा परेको भए सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here