काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।
सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका थिए । प्रहरी बिटमा रहेको सामान ट्रकमा राखेर लगिएको छ ।
महानगर प्रहरीका एसपी राजु पाण्डेले प्रहरी बिट खाली गराएको र त्यसपछि डोजर चलाइएको बताए ।


















