रवि लामिछानको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन

223

काठमाडौं ।युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका छन्।

मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सफलले लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन्।

आफूले गत माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेश गरे पनि दर्ता नभएको भन्दै दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन निदेवन दिएका छन्।

लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here