शिक्षण अस्पतालबाट १० जना डाक्टरहरु प्रहरीकाे कब्जामा

144

 काठमाडौं  / डा. गोविन्द केसीलाई समर्थन गर्ने १० जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।  अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लब राखिएको छ ।

केसीको जीवन रक्षा गर्न माग गर्दै आन्दोलमा उत्रेका १० जना डाक्टरलाई प्रहरीले त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको हो ।

 त्रिवि शिक्षण अस्पताल परिसर बाहिर शान्तीपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

चिकित्सकहरुले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गर्दै देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प गरेका छन् भने सञ्चार, प्रविधि तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाले  डा. गोविन्द केसीको अनशनको औचित्य समाप्त भएको जनाएका छन् ।- राजधानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here