पर्सा । वीरगन्जस्थित नेपाल भारत सीमामा वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले २ भारतीय नागरिकलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरेको छ ।
रक्सौलबाट वीरगन्ज आउँदै गरेको भारतीय नम्बरका बीआर ०५ एटी ८९६७ र बीआर ०५ एभी ६८७१ मोटरसाइकल चढेर आएका उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका–११ का २६ वर्षीय राकेशकुमार र २७ वर्षीय प्रसन्नजित कुमार रहेका छन् ।
मोटरसाइकल रोकी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट वीरगन्जबाट सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टको नेतृत्वमा बुधबार बिहान करिब साढे ११ बजेको समयमा खटिएको चेकपोष्ट टोलीले जाँच गर्दा दुवैको हेल्मेटमा लुकाइछिपाइ ल्याउँदै गरेको १८ लाख ५ सय रुपैयाँ नेरु र २ हजार तीन सय भारु सहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

















